नेभिगेशन
मुख्य समाचार

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाप्रति सरकारको धारणा र बजेटबारे राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री वाग्लेले स्वास्थ्य बीमाको बजेट बढाइएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार गत वर्ष अघिल्लो सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए।

Ncell
Extreme Energy

त्यस्तै, चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए।

‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,’ उनले भने, ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।’

स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि त्यसअनुसार नागरिकले सेवा पाएका छन् कि छैनन् भन्ने विषयमा भने प्रश्न रहेको मन्त्री वाग्लेले बताए।

सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...