नेभिगेशन
मुख्य समाचार

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाप्रति सरकारको धारणा र बजेटबारे राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री वाग्लेले स्वास्थ्य बीमाको बजेट बढाइएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार गत वर्ष अघिल्लो सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए।

Ncell
Extreme Energy

त्यस्तै, चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए।

‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,’ उनले भने, ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।’

स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि त्यसअनुसार नागरिकले सेवा पाएका छन् कि छैनन् भन्ने विषयमा भने प्रश्न रहेको मन्त्री वाग्लेले बताए।

सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले...
कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।