नेभिगेशन
समाज

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

काठमाडौँ । कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । तर, बागलुङ र पर्वतमा कालीगण्डकीमा भने मध्य बर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ । विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ ।

मध्यरातमा ठूला मेसिननै प्रयोग गरेर क्रसर सञ्चालक, निर्माण व्यवसायीले बालुवा झिक्ने काम गर्छन् । ढुंगा, गिट्टी र बालुवाको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले नदीजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएपनि अवैध चोरीनिकासी रोकिएको छैन । असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि निकायले ठेक्का लगाउनसमेत पाउँदैनन् ।

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक बनेका छन् ।

बर्खाको समयमा स्थानीय सरकारले पनि ठेक्का लगाउन नपाउने प्रावधान छ तर पालिका र प्रशासनलाई नै चुनौती दिँदै डोजर लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । संघीय सरकारले २०७७ सालमा ल्याएको मापदण्डअनुसार गण्डकी प्रदेशले पनि नदीजन्य सामग्री उत्खनन्का लागि प्रतिबन्ध लगाएको छ ।

प्रहरी चौकीकै अगाडि कालीगण्डकी दोहन हुँदा प्रहरीसमेत मौन रहेको स्थानीयको बताउँछन् । दोहनका कारण कालीगण्डकीको धारसमेत परिवर्तन हुँद पर्वत मालढुङ्गाको माझीबस्तीनै जोखिममा छ । बर्खाको समयमा काली उर्लिदा घरमै बाढी बस्ने त्रासले स्थानीय जागराम बस्ने गरेका छन् । कतिपय स्थानमा खेतीयोग्य जमिनसमेत कटानमा परेका छन् ।

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(2)-1787369142.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(3)-1787369142.JPG

Ncell
Extreme Energy

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(1)-1787369144.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(7)-1787369146.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(8)-1787369145.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(5)-1787369145.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(6)-1787369147.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(10)-1787369146.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(9)-1787369147.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(11)-1787369148.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(4)-1787369144.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(12)-1787369151.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(13)-1787369149.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(14)-1787369149.JPG

Kaligandaki-Dohan-Parbat-Baglung_NPL_Dammar-Budha-Magar-(15)-1787369148.JPG



तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...