नेभिगेशन
समाज

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली  भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।  
    
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बलेटिनमा उल्लेख छ । 
    
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली  भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
    
महाशाखाका अनुसार मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Ncell
Extreme Energy

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

राष्ट्रिय स्वतन्त्र पार्टीले नेताहरुको कार्यसम्पादन मूल्यांकनमा नयाँ मापदण्ड लागु गरेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

भर्खरै