नेभिगेशन
समाज

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर


काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। 
उनीहरुको सजाय निर्धारणकालागि भने भदौ २५ गतेलाई पेसी तोकेको छ।

Marvel

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको हो। 

‘मुलुकी ऐन ठगीको महल १ मा परिभाषित एवं निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ९१० ले निषेधित उपदफा ९२० को कसुर गरेको ठहर्छ’, आदेशमा भनिएको छ, ‘सजाय निर्धारण सम्बन्धमा प्रस्तुत मुद्दामा छिट्टै सुनुवाइ गर्नु पर्ने देखिँदा सो प्रयोजनका लागि दुवै पक्षको सजाय पूर्वको प्रतिवेदन लिई २०८३ भदौ २५ को पेसी तारेख तोक्नू।’

अब उनीहरूलाई कति सजाय हुने भन्ने भदौ २५ गतेको सुनुवाइबाट टुंगो लाग्नेछ। सबै प्रतिवादीले संगठित अपराधसम्बन्धी कसूरमा भने सफाइ पाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

बीपी र कान्तिलोकपथसहितका सडक खुलाउन उपकरण र जनशक्ति परिचालन

अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राष्ट्रिय राजमार्ग खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।