नेभिगेशन
समाज

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर


काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। 
उनीहरुको सजाय निर्धारणकालागि भने भदौ २५ गतेलाई पेसी तोकेको छ।

Ncell
Extreme Energy

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको हो। 

‘मुलुकी ऐन ठगीको महल १ मा परिभाषित एवं निषेधित र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ९१० ले निषेधित उपदफा ९२० को कसुर गरेको ठहर्छ’, आदेशमा भनिएको छ, ‘सजाय निर्धारण सम्बन्धमा प्रस्तुत मुद्दामा छिट्टै सुनुवाइ गर्नु पर्ने देखिँदा सो प्रयोजनका लागि दुवै पक्षको सजाय पूर्वको प्रतिवेदन लिई २०८३ भदौ २५ को पेसी तारेख तोक्नू।’

अब उनीहरूलाई कति सजाय हुने भन्ने भदौ २५ गतेको सुनुवाइबाट टुंगो लाग्नेछ। सबै प्रतिवादीले संगठित अपराधसम्बन्धी कसूरमा भने सफाइ पाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।