नेभिगेशन
समाज

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिचान नभएका शव सुरक्षित राख्न नसकिएको भन्दै अस्पतालले शवहरुको व्यवस्थापनका लागि आवश्यक निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आग्रह गरेको छ ।

Ncell
Extreme Energy

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रा.डा. गोपाल सेढाईंले अहिले अस्पतालमा पहिचान नभएका ५१ शव छन् । अस्पतालमा ५९ शव रहेकोमा ८ जनाको पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको पनि उनले जानकारी दिए । ‘अब पहिचान नभएका शव राख्ने हाम्रो क्षमता छैन, चितवनमा जस्तैगरी भए पनि व्यवस्थापनका लागि सीडीओ कार्यालयसँग समन्वय गरिरहेका छौँ’ उनले भने ।

अहिलेसम्म ५६ जनालाई उपचारका लागि अस्पताल ल्याइएकोमा एक जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । ‘हामी जति पनि बिरामीको उपचार गर्न समक्ष छौँ’ डा. सेढाईंले भने ‘शव सुरक्षित राख्ने क्षमता कम छ।’

त्रिवि शिक्षण अस्पतालमा उद्धार गरेर ल्याइएका बिरामीहरुको उपचार भइरहँदा सम्पर्कविहीन व्यक्तिका आफन्तको पनि भीड लागेको छ । अस्पतालका भित्तामा सम्पर्कविहीन व्यक्तिहरुको तस्वीरसहितको विवरण टाँसिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।