नेभिगेशन
समाज

बिरुडा धोएर न्यालाको गौरा मनाइँदै

कञ्चनपुर । सुदूरपश्चिममा गौरा पर्वको दोस्रो दिन आज बिरुडा धोएर न्यालाको गौरा मनाइँदैछ। मङ्गलबारदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वमा आज व्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडो गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारिन्छ। त्यसपछि त्यही भाँडामा मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न भिजाएर बिरुडा राख्ने प्रचलन छ।

Ncell
Extreme Energy

गौरा पर्वको दोस्रो दिन भिजाएर राखिएको बिरुडा नजिकैको पवित्र धारा, मुहान वा न्वालोमा लगेर माङ्गलिक फाग र सगुन गाउँदै सामूहिक रूपमा धोइन्छ। यही बिरुडा सप्तमीका दिन गौरा भित्र्याउँदा प्रसादका रूपमा चढाउने गरिन्छ।

“सप्तमीका दिन गौरा भित्र्याउँदा बिरुडा चढाइन्छ। अष्टमीका दिन त्यही बिरुडालाई प्रसादका रूपमा ग्रहण गरिन्छ,” जोशीले बताइन्, “गौराको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ र यसलाई गौरीको प्रसादका रूपमा लिने गरिन्छ।”

उनका अनुसार सप्तमीका दिन धानको खेतबाट साउँ, तिल, अपामार्गलगायतका वनस्पति सङ्कलन गरी सञ्जा गौरा तयार पारिन्छ।

पुत्रदा एकादशीको व्रत बसेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् सुरु हुने जोशीले बताइन्। उनका अनुसार गौरा पर्वको व्रत तथा उपासनाका लागि पुत्रदा एकादशीको व्रतलाई महत्वपूर्ण मानिन्छ। बिरुडा भिजाउने बेला महिलाले माङ्गलिक फाग तथा सगुन गाउने प्रचलन छ।

व्रतालु राजेश्वरी अवस्थीका अनुसार सप्तमीका दिन गौराको प्रतिमा बनाएर ‘गौराघर’मा भित्र्याउने गरिन्छ। “गौरा सुदूरपश्चिमका महिलाको ठूलो पर्व हो,” उनले भनिन्, “पुरुषले जनै धारण गरेजस्तै महिलाले पनि यज्ञोपवीतका रूपमा यस पर्वमा दुबधागो लगाउने प्रचलन छ।”

श्रीमान् तथा परिवारका सदस्यको निरोगी र दीर्घायु तथा घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाले गौरा पर्वमा व्रत बस्ने गरेका छन्।

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गरी मङ्गलगानका साथ गौरा नचाउने गरिन्छ। गौरालाई गौराघरको आँगनमा ल्याएर अठबाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथा गाएर नचाउने प्रचलन छ। यसै दिनदेखि विभिन्न स्थानमा देउडा खेलसमेत सुरु हुन्छ।

गौरा पर्वमा गौरा अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। महिलाले उपवास बसी स्नान गरी शुद्ध तथा नयाँ वस्त्र लगाएर शिव–पार्वतीको पूजाआजा गर्ने गर्छन्।

लोकसंस्कृतिका जानकार कविराज भट्टका अनुसार प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आएको छ।

“यो पर्व अगस्ति ताराको उदयका आधारमा शुक्ल वा कृष्ण दुवै पक्षमा मनाइन्छ,” भट्टले भने, “शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ।”

उनका अनुसार दुवै गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिइन्छ। गौरा पर्व डोटी समुदायमा परम्परादेखि चलिआएको नारीप्रधान मौलिक पर्व हो। यस क्षेत्रमा दसैँभन्दा पनि बढी महत्वका साथ प्राचीनकालदेखि गौरा मनाउँदै आएको पाइन्छ।

स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएअनुसार कैलाश पर्वतका राजा हिमालयकी छोरी गौरीले महादेवलाई पति पाउन बाह्र वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। उनको तपस्याबाट प्रसन्न भएर महादेवले दर्शन दिई विवाह भएको दिनदेखि गौरी र महादेवको पूजा तथा आराधना गर्दै मनोकांक्षा पूरा हुने विश्वासमा गौरापर्व मनाउने परम्परा बसेको भट्टले बताए।

गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा खेल्ने गरिन्छ। महिलाले गौरा पर्वमा व्रत बस्ने गर्छन् भने पुरुषले लोकगीत, देउडा, डुस्को र धमारी खेल्दै मनोरञ्जन गर्ने प्रचलन छ।

पछिल्लो समय सुदूरपश्चिमबाट काठमा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

भोटेकोशीबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। बाढीमा परी करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।
माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ ।