नेभिगेशन
सबै कुरा

आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीको काठमाडौँ महानगरविरुद्ध आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ महानगरले आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमती कार्यान्वयन नगरि महानगरले सडक व्यवसायीहरुलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । समितिले काठमाडौँ महानगरमा ज्ञापन पत्र बुझाउने, जनप्रदर्शनसहित महनगरमा धर्र्ना, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रशासन कार्यालय लगायत विभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ । 

Ncell
Extreme Energy

त्यस्तै माघ २८ गते थाल, चम्चा, ठटाउने जुलुशसहित महानगर घेराउ गर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए । व्यवसायीहरूको माग सम्बोधन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण नभए थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने उनले बताए । 

संघर्ष समितिले व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचति समय निर्धारण गरी व्यवसाय गर्न दिनुपर्ने, स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणको काम सुरु गर्नुपर्ने, स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने लगायतका माग अघि सारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

भर्खरै