नेभिगेशन
सबै कुरा

आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीको काठमाडौँ महानगरविरुद्ध आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ महानगरले आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । 

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमती कार्यान्वयन नगरि महानगरले सडक व्यवसायीहरुलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । समितिले काठमाडौँ महानगरमा ज्ञापन पत्र बुझाउने, जनप्रदर्शनसहित महनगरमा धर्र्ना, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रशासन कार्यालय लगायत विभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ । 

Global Ime Bank

त्यस्तै माघ २८ गते थाल, चम्चा, ठटाउने जुलुशसहित महानगर घेराउ गर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए । व्यवसायीहरूको माग सम्बोधन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण नभए थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने उनले बताए । 

संघर्ष समितिले व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचति समय निर्धारण गरी व्यवसाय गर्न दिनुपर्ने, स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणको काम सुरु गर्नुपर्ने, स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने लगायतका माग अघि सारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै