नेभिगेशन
सबै कुरा
एउटा किर्ते नागरिकताले झिकेको कलह :

दाई भन्दा भाइ जेठो, दाजुलाई वंशज, भाइलाई अंगीकृत नागरिकता

नवलपरासी ।नवलपरासीमा एक युवकले वंशजको नागरिकता लिन १७ वर्ष अघि गरेको उमेर किर्ते अहिले उनकै परिवारको टाउको दुखाई बनको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अंगीकृत नागरिकता प्राप्त बुबाबाट नयाँ नागरिकता बनाउँदा १२ वर्ष उमेर घटाएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका ९ का नाथु प्रसाद गुप्ता र उनकी श्रीमती दुर्गा देवी गुप्ताका कारण उनीहरूको परिवारमा किचलो मात्रै छैन् । दाजु भाइ, बाबु छोरा र आमा छोराको उमेरसमेत गोलमाल भएको छ ।

Ncell
Extreme Energy

सिधाकुरालाई प्राप्त विवरणअनुसार नाथु प्रसाद र दुर्गाका कारण एउटै घरमा दाजुको वंशज र भाइको अंगीकृत गरी फरक फरक हैसियतको नागरिकता बनेको छ भने दाइ भन्दा भाइ जेठो र बाबु आमा र छोराको उमेर अन्तर १० वर्षको देखिएको छ ।

पश्चिम नवलपरासीका भागिरथी तेली अंगीकृत नेपाली नागरिक हुन् । उनका २ छोरा, जेठो नाथु प्रसाद गुप्ता र कान्छो ओम प्रकाश गुप्ता छन् । 

तेलीले २०६३ सालमा दुई छोराको नागरिकता जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट बनाइदिए । सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रशासनले दुवै दाजु भाइलाई एकै दिन (२०६३ फागुन ३०) गते नागरिकता दियो । प्रशासनले दाजु नाथु प्रसाद गुप्तालाई वंशजको नागरिकता दियो भने भाइ ओम प्रसाद गुप्तालाई अंगीकृत नागरिकता ।

 

एकै घरका दुई दाजु भाइका लागि फरकफरक हैसियतको नागरिकता जारी भएपछि अहिले परिवारमा आपसी द्वन्द्व चर्किएको छ । प्रशासनले जारी गरेको दाइको नागरिकतामा दाइलाई राजनीतिक अधिकारसहितको नेपालीको हैसियत छ भने भाइको नागरिकता विदेशीले पाएको नेपाली नागरिकताको हैसियतको छ । 

दाइ र आफ्नो नागरिकताको हैसियत फरक परेपछि ओमप्रकाश गुप्ता प्रशासनदेखि परिवारका सदस्यससँग समेत असन्तुष्ट छन् । 

‘म भाइ मैले चाहिँ अंगीकृत नागरिकता पाएँ, मेरो दाइ उहाँले चाँहि कसरी वंशजको नागरिकता पाउनुभयो रु,’ उनी प्रश्न गर्छन्, ‘एकै दिन नागरिकता लिएका हौँ हामीले । मलाई किन अन्याय भयो ?’

प्रशासनले एकै घरका दुई दाजुभाइलाई विभेद गरेको भन्दै सो विषयमा उनी नागरिकता पाएदेखि हालसम्म पनि प्रशासन र परिवारसँग आन्दोलनरत छन् । उनले आफूमाथि के कारणले विभेद गरिएको हो भन्ने विषय खुलाइपाऊँ भन्दै प्रशासनदेखि अख्तियारसम्म निवेदन दिएका छन् । तर, वर्षौँ बित्यो उनको माग सम्बोधन भएको छैन । 

‘मैलै ममाथि अन्याय भएको भन्दै प्रशासनमा निवेदन दिएको थिएँ । त्यहाँको जवाफ चित्त नबुझेर मैले अख्तियारमा उजुरी हालेको थिएँ । त्यसको पनि केही सम्बोधन भएन,’ ओम प्रकाश भन्छन् । 

दाइ भन्दा भाइ जेठो 

प्रशासनले नाथु प्रसाद गुप्ताको वास्तविक उमेर समेत घटाएर नागरिकता प्रदान गरेको छ । नाथुको वास्तविक जन्ममिति २०२८ असोज २५ गते भएपनि प्रशासनले उनको जन्ममिति घटाएर २०४० साउन १५ गते बनाइदिएको छ । नागरिकतामा दाजुको उमेर १२ वर्ष घटेपछि दाजु भाइ र भाइ दाइ बनेका छन् । आफूभन्दा दाइ कान्छो भएपछि यो न्यायोचित नभएको ओम प्रकाश दुखेसो गर्छन् । 

त्यसो त वंशजको नागरिकता पाएका नाथु प्रसाद गुप्ताले आफ्नो जन्ममिति गडबड भएको स्वीकार गरेका छन् । बाबुले लगेर नागरिकता बनाइदिएका कारण त्यसबारे आफूलाई केही थाहा नभएको उनी बताउँछन्  ।

‘मलाई पनि थाहा छैन । बुबाले लगेर एकैचोटि विवरण पेश गरेर नागरिकता बनाइदिनु भएको हो,’ उनले थपे, ‘मेरो विवरण गलत भयो भन्ने कुरा छ । त्यसको पनि त मान्यता होला । त्यही भएर नै प्रशासनले नागरिकता दिएको हो ।’

दाजु र भाइबीच नागरिकता विवाद भइरहँदा उता नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय भने आफूहरूले कानुनबमोजिम नै गरेको बताउँछ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार उनीहरूलाई नेपाल नागरिकता नियमावली अनुरूप नागरिकता प्रदान गरिएको हो । 

नियमावलीको दफा ७ को उपदफा ५ बमोजिम अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारी  समक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

अर्थात यस उपदफाअनुसार बुबालाई अंगीकृत नेपाली नागरिकता प्रदान गरेपछि जन्मिएका सन्तानले वंशजको नागरिकता पाउने र नागरिकता पाउनुपूर्व जन्मिएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । 

नियमावलीको यही दफालाई टेकेर भागिरथी तेलीले छोरा नाथु र ओमप्रकाशको नागरिकता बनाउन प्रशासन पुगेका हुन् । जहाँ नागरिकता बनाउन पेश गर्ने कागजातमा उनले नेपाल सरकारको अंगीकृत नेपाली नागरिकता पाएको मिति २०३९ चैत ६ गते उल्लेख छ । उनले जेठो छोराको नागरिकता बनाउन छोराको जन्मदर्ता पेश गरेका छन् । जहाँ जेठो छोरा अर्थात नाथु प्रसाद गुप्ताको जन्म मिति २०४० साउन १४ गते उल्लेख छ । 


त्यस्तै उनले कान्छो छोरा अर्थात ओम प्रकाश गुप्ताको नागरिकता बनाउनका निम्ति उनी पढेको विद्यालय आदर्श माध्यमिक विद्यालयले प्रदान गरेको रूपान्तरण प्रमाणपत्र पेश गरेका छन् । जहाँ ओम प्रकाश गुप्ताको जन्ममिति २०३२ बैशाख १ गते उल्लेख छ ।


बाबुले पेश गरेका यही विवरणलाई हेर्ने हो भने बाबुले नागरिकता पाएपछि नाथुप्रसाद गुप्ताको जन्म भएको हो भने त्यसपूर्व नै ओम प्रकाशको जन्म भएको देखिन्छ । सोही आधारमा प्रशासनले समेत नागरिकता प्रदान गरेको जनाएको छ । ‘बाबुले प्रमाणित गराएर जे कागजात पेश गर्नुभयो त्यही अनुरूप प्रशासनले नागरिकता वितरण गर्ने हो । यो विषयमा पनि भएको त्यही हो ।,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने । 

बाबुले पेश गरेको कागजातका अनुसार कानुनबमोजिम नागरिकता बनाउँदा भाइ दाजु बनेको र दाजु भाइ बनेको साँचो रहेको प्रशासनको भनाई छ । ‘भाइले यस विषयमा छानबिन गरि पाउँ भन्दै विभिन्न छानबिन गर्ने निकायमा निवेदनसमेत दिएको विषय छ । त्यो अब ति निकायले हेर्दा । तर, प्रशासनबाट जे हुनुपर्ने हो, त्यही भएको छ,’ प्रजिअ पन्थीले भने । 

आमा–छोराको उमेर अन्तर १० वर्ष

नागरिकता बनाउन नाथुप्रसाद र उनकी श्रीमती दुर्गा देवी गुप्ताको उमेर घटाउँदा उनीहरूको पहिलो सन्तान अम्बरीश गुप्ता र उनीहरूको उमेर १० वर्षको अन्तर मात्र देखिएको छ । नागरिकताको विषय खोजी गर्दै जाँदा नाथु प्रसाद गुप्ताकी श्रीमती दुर्गादेवी गुप्ताको जन्म मिति २०४१ कात्तिक १८ गते उल्लेख छ भने नाथु प्रसाद गुप्ताको जन्ममिति २०४० साउन १५ । उनीहरूको पहिलो सन्तान अम्बरीश गुप्ताको जन्म २०५२ जेठ १० मा भएको देखिन्छ ।


नागरिकताका यिनै मितिलाई आधार मान्ने हो भने आमा दुर्गादेवी गुप्ता र छोरा अम्बरीश गुप्ताबिचको उमेर अन्तर १० वर्षको देखिन्छ । अर्थात आमाको उमेर १० वर्षको हुँदा र बाबुको उमेर ११ वर्षको हुँदा छोरा जन्मिएको देखिन्छ । यो प्राय असम्भव जस्तै हो । नागरिकतामा बाबुको उमेर छल्न खोज्दा आमा छोरा तथा बाबु छोराको उमेरको अन्तर अस्वभाविक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अवैध लागुऔषधसहित १७ जना पक्राउ

अवैध लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त...
भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

सोमबार शंकास्पद क्रियाकलापमा संलग्न रहेको देखेपछि उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो। उनले सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र नेपालमा अनुमति नलिई ६...
सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

भागेर काठमाडौँको असन क्षेत्रमा बसेकी सपनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।  जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।