नेभिगेशन
मुख्य कुरा

जीवनोपयोगी अनुसन्धानमा जोड दिँदै गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र

गण्डकी । अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवद्र्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ ।

विश्वविद्यालयले सन् २०२१ मा अनुसन्धान केन्द्र, आविष्कार र आविष्कार केन्द्र (आरसी–आइआई) स्थापना गर्दै समयसापेक्ष नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिँदै सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडेको विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमल्सिनाले जानकारी दिए ।

तिमल्सिनाका अनुसार विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठनलाई नियमित गर्न नसकेकाहरूलाई समयानुकूल तालिम तथा सीपअनुसारको आविष्कार गर्न यथाशक्य सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

केन्द्रमा हालसम्म आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएका छन् । जसको प्रयोगबाट कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने छ । 

केन्द्रमा घाँस टुक्र्याउने, गोबर पेल्ने, कोदो प्रशोधन गर्ने औजार, सोलार ड्रायर, दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने उपकरण निर्माण भइसकेका छन् । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले पनि विश्वविद्यालयसँगको सम्झौतामा आधारित भई प्राविधिक सहयोग गरेको रजिष्ट्रार तिमल्सिनाले जानकारी दिए । केन्द्रमा पेट्रोल स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइसकिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...