नेभिगेशन
सबै कुरा

पैदल मार्ग सुधार योजनाको अनुगमन : चौडाइ र मोटाइको स्थलगत प्राविधिक परीक्षण

काठमाडाैँ । सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगल पैदलमार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् । शनिवार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, सहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा अनुगमन गर्दा यस्तो अवस्था पाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ । सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नु पर्छ । यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ । सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन् ।’ योजना अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिँदै उनले भनिन्, ‘यस्ता वाधा हुने संरचना सार्न वा हटाउन सम्बन्धित कार्यालयलाई पत्राचार गर्नुहोला ।’

Extreme Energy
citizen life

उक्त सडकखण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो । ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन थियो । यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखेर सुन्दर बनाइँदैछ । यति प्रयास गर्दा पनि कतिपय ठाउँमा व्हील चेयर गुडाउन सक्ने वातावरण बन्न सकेको छैन । बिजुली, खानेपानी, ढल निकास जस्ता संरचना बनाउँदा छुट्टाछुट्टै योजनाबाट काम भएकोले चौडाइ नपुगेर, पोल, खम्बा तथा मंगालजस्ता संरचना एकै ठाउँमा परेर यस्तो भएको हो । यस्ता साँघुरा ठाउँमा सम्भव भएसम्मका संरचना काटेर चौडाइ पुर्‍याउने प्रयत्न गरिएको छ ।

अनुगमनका क्रममा तीनकुनेदेखि उत्तर गौशालासम्म चक्रपथ पश्चिमतर्फको २ किलोमिटर र सिनामंगल चोकदेखि पश्चिम भीमसेनगोला पुलसम्म ५ सय मिटर दुई तर्फ फुटपाथ निर्माण कार्य हेरिएको थियो । निर्माण थालनी हुँदै गरेको, निर्माण भइरहेको र सम्पन्न भएको सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्री, निर्माण विधि तथा तोकिएको मापदण्डको पालनालाई सूचक बनाएर अवस्था जाँच गरिएको थियो । यस क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘पैदल मार्गबाट दृष्टिविहिन व्यक्ति सजिलै गन्तव्यमा पुगुन् भन्ने हो । निर्माणका क्रममा ब्रेल ब्लव राख्ने क्रममा केही त्रुटि देखिएको छ । यसलाई सुधार गर्नुपर्छ । काम गर्दा सक्नका लागि मात्र होइन, उपयोग पनि होस भन्ने सोच्नुपर्छ ।’ 

फुटपाथको लम्बाइ ३ किलोमिटर हो । आयोजना निर्माणका लागि भ्याटसहित ६ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । अनुगमनका क्रममा चौडाइ कम देखिएको १४ ठाउँमा र विभिन्न ७ ठाउँमा छापिएका ब्लक उप्काएर बेसको मोटाइ मिटर जाँच गरिएको थियो । तीनकुने गौशाला चक्रपथ चार लेनको सडक भएको र सिनामंगलदेखि भीमसेनगोला पुलसम्मको सडक दुई लेनको छ । दुई लेनको दायाँबायाँ वस्ती र बजार छ । 

अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै विजुलीका पोल भेटिए । ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था छ । ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको देखियो । यस्तै ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो । 

१० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटियो । १ ठाउँमा खानेपानीको पाइप सडकमै देखियो । यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा छ । फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको छ । रेलिङका रुपमा प्रयोग गरिएका फलामे डण्डी हल्लिएको अवस्थामा छन् । 

दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन । अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको छ । 

यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...