नेभिगेशन
सबै कुरा

नेपाल चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : सीपीसी उपमन्त्री हाइयान

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन् । उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन् ।

Ncell
Extreme Energy

उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमती र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको बताइन् । ‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरें । हाम्रो राजदूतले पनि धेरै मेहनत साथ काम गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य  गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ ।’

उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउनेरु त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुनेरु भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । ‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनु भएको छ । यो नेपाललाई पनि महसुस भएकोहुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नु हुँदैन । म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ । तर त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ ।’

उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउता उदाहरण इन्डोनेसिया भएको बताइन् । साथै, कोभिड मात्रै नभै विभिन्न कारणले काम नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भैरहेको बताइन् ।

‘हामी बसेर यसको समाधान गर्नुपर्छ । हामी धेरै भन्दा धेरै साँस्कृतिक आदानप्रदान गर्नुपर्छ । धेरैभन्दा धेरै छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने चाहना अनुरुप काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘जिविको पार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ । त्यसका लागि पनि हामी काम गरिरहेका छौँ । तर त्यसका लागि नीतिगत सुधार जरुरी छ । यहाँको जनताले त्यो पाउनुपर्छ ।’

उनले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको उनको भनाइ थियो । ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यवहारीक बनाउनुपर्छ ।’

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै नेपालका लागि चिनियाँ राजदूत छन संगले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए । ‘खुसीको कुरा हो । राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उनले भने, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ । प्रम प्रचण्डको भ्रमणमा नयाँ सहमती भए, त्यसले सम्बन्धमा नयाँ उचाइमा पु¥याएको छ ।’

उनले नेपाल चीनबीचको सम्बन्ध अझ कसरी अगाडी बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताए । साथै, चीन नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेको भन्दै नीतिगत रुपमा रहेका समस्या हल गर्न नेपालले काम गर्नुपर्ने बताए । उनले नेपालबाट १५० जनालाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको जानकारी दिँदै नेपाली युवालाई चीन गएर अध्ययन गर्न अनुरोध समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

भर्खरै