नेभिगेशन
सबै कुरा

मेयर बालेनले गर्ने निर्णय आफैँ गरेको भेटिएपछि महानगरका शिक्षा विभाग प्रमुख कोइराला कारबाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । मेयर बालेन शाहले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको पाइएपछि कारबाही गरिएको महानगर स्रोतले जनाएको छ । 

कोइरालालाई महानगरले आज लिखित स्पष्टीकरण सोधेको र आजैबाट काममा नआउन भनेको महानगर स्रोतले सिधाकुरालाई जानकारी दियो । महानगर स्रोतकाअनुसार काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि कोइरालाले अनुमति दिएका थिए । उक्त माविलाई सो विषय अध्यापनका  लागि नगर शिक्षा समतिले निर्णय गरिसकेको भन्दै विभाग प्रमुख कोइरालाले अनुमति दिएका थिए । कोइरालाको अनुमतिपछि विद्यालयले २२ जना बिद्यार्थीसमेत विज्ञान संकायमा भर्ना गरिसकेको थियो । 

‘नगर शिक्षा समितिका प्रमुखका हैसियतले मेयर शाह आफैँले निर्णय गर्नु पर्ने फाइलबाट कोइरालाले अनुमति जारी गरेको पाइयो,’ महानगर स्रोतले भन्यो, ‘मेयरले गर्ने निर्णयमा आफैँ अनुमति जारी गरेको आन्तरिक अनुसन्धानमा देखिएपछि कोइरालालाई कारबाही अघि बढाइएको हो । उनलाई स्पष्टीकरण सोधिएको छ । बिदामा बस्न भनिएको छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।