नेभिगेशन
सबै कुरा

मेयर बालेनले गर्ने निर्णय आफैँ गरेको भेटिएपछि महानगरका शिक्षा विभाग प्रमुख कोइराला कारबाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । मेयर बालेन शाहले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको पाइएपछि कारबाही गरिएको महानगर स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोइरालालाई महानगरले आज लिखित स्पष्टीकरण सोधेको र आजैबाट काममा नआउन भनेको महानगर स्रोतले सिधाकुरालाई जानकारी दियो । महानगर स्रोतकाअनुसार काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि कोइरालाले अनुमति दिएका थिए । उक्त माविलाई सो विषय अध्यापनका  लागि नगर शिक्षा समतिले निर्णय गरिसकेको भन्दै विभाग प्रमुख कोइरालाले अनुमति दिएका थिए । कोइरालाको अनुमतिपछि विद्यालयले २२ जना बिद्यार्थीसमेत विज्ञान संकायमा भर्ना गरिसकेको थियो । 

Ncell
Extreme Energy

‘नगर शिक्षा समितिका प्रमुखका हैसियतले मेयर शाह आफैँले निर्णय गर्नु पर्ने फाइलबाट कोइरालाले अनुमति जारी गरेको पाइयो,’ महानगर स्रोतले भन्यो, ‘मेयरले गर्ने निर्णयमा आफैँ अनुमति जारी गरेको आन्तरिक अनुसन्धानमा देखिएपछि कोइरालालाई कारबाही अघि बढाइएको हो । उनलाई स्पष्टीकरण सोधिएको छ । बिदामा बस्न भनिएको छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

भर्खरै