नेभिगेशन
सबै कुरा

‘देश चरम दुर्भाग्यको अवस्थातिर लस्किएको छ, यो अवस्थाको अन्त्य गर्न अब सोच्ने बेला आयो’ - पूर्वराजा ज्ञानेन्द्र शाह

उपस्थित महिला तथा सज्जनबृन्द । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तपाईँहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसँग साक्षात्कार हुने यस्तो मौका मिलाएकोमा म आयोजक प्रबन्धक तथा संलग्न सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । 

Ncell
Extreme Energy

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालको लागी अर्कै ठूलो मूल्य र महत्व छ । गौरवशाली इतिहास बोकेको उद्यम, इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै प्रतिष्ठा छ । हामी भोगीरहेका छौँ, हामी देखिरहेका छौँ । दुई तीन दशकयता आएर हाम्रो तराई क्षेत्र हाम्रो यो उर्वर क्षेत्र उजाड बन्दै गइरहेको छ । यहाँको पोखरी पानीको स्रोत ट्युवेल, कुवा, धारा र जलसयहरु कमजोर बन्दै सुख्खा खडेरी र मरुभूमीकरणतर्फ गइरहेको छ । यो गम्भिर चिन्ताको कुरा हो । मधेशको होनहार युवा जनशक्ति दिनहुँ विदेशतिर दगुरीरहेको छ । उचित रोजगारी, शीप, इलम र अवसर दिन नसक्दा गरिबीको बाध्यताका कारण हाम्रो जमिन, हाम्रो स्रोत र साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ र यो दुःखद कुरा हो । देश बनाउनु, देश बचाउनु निरन्तर आवश्यक छ । हामीमाथि आह्वान पनि छ । म भन्छु हामी हाम्रो पुर्खाको पौरख नभुलुम, यहीँ बसौँ, यहीँ हाम्रो जन्मभूमीका लागि मरिमेटुम । हाम्रो विकास, हाम्रो उत्थान र हाम्रो समस्याको निराकरण हामी आफैँबाट हुने हो । अरु आएर गरिदिने होइन । तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल, पहाड र तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर लस्किएको छ । यो अवस्थाको अन्त्य गर्नै परेको छ । 


यसका निम्ती अब सोच्ने बेला आयो । यसलाई झन्झन् बर्बादीतिर नलैजाउँ । यसकालागि सबैले सोचौँ, समिक्षा गरौँ । नेपालको यस्तो राम्रो प्रकृती, यतिका धेरै प्राकृतीक स्रोत साधन र हाम्रो क्षमता यी सबै कुरा हाम्रो आर्थिक उन्नतीमा लगाऔँ । आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता आफ्नै घरबार र आफ्नै गाउँ बस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नैपर्छ । यसमै हाम्रो देशको उन्नती, प्रगती, इज्जत र प्रतिष्ठा निर्भर हुन्छ । 

हामी भूगोल र भूबनोटमा बाँडीने होइन, हामी जातजाती, धर्म संस्कृतीमा खण्डीत हुने होइन । हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ, हामी सबैको भलाई यसैमा छ ।

आफ्ना आत्मिय अग्रजहरुलाई गुमाएको पिडादायीक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात  वर्ष राष्ट्र  प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरे । तत्काल अप्ठ्यारो परिस्थीतिमा पनि देशको थप बरबादी नहोस् र हाम्रो प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । 

२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जाल झेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । आफ्नो पुख्र्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेठ २९ गते आम सञ्चार माध्यममार्फत मैले भनेको थिएँ, म नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पु¥याउन चाहन्छु । अनी त्यतिबेलै मैले भनेको थिएँ, स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहदा देशमा विशम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितीबाट आम जनतामा आक्रोस उत्पन्न हुन्छ भन्ने त्यतिखेरको आँकलन हो । वितेका १५ वर्षपछि आज त्यो असन्तोस, चासो, चिन्ता आक्रोस सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेको राष्ट्रप्रेम, रष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु । त्यसै आशय अनुरुप मैले आफ्नो श्रपेच राष्ट्रलाई सुम्पिएको थिएँ । हामी देशमै छौँ, अज पनि देशमै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ, अहिले पनि देशको सर्वाङ्गीण उन्नती होस्, भेदभापरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना हो । 

(यो लेख पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार वीरगंजमा  नेपाली कांग्रेसका पुराना नेता तथा नेवि संघका संस्थापककाे नेतृत्वमा आयाेजना गरिएकाे स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रममा गरेको सम्बोधनको पूर्ण पाठको सम्पादीत अंश हो । –सम्पादक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

भर्खरै