नेभिगेशन
सबै कुरा

विमानस्थलमा अधिकृत कुट्ने प्रहरीलाई कारवाही नगरे अध्यागमन ठप्प पार्ने ट्रेड युनियनको चेतावनी

काठमाडौँ । प्रमुख ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनका कर्मचारीमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाही नगरे देशभरका अध्यागमनको सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । 

आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही गर्न माग गरेका हुन् । 

Global Ime Bank

गृहामन्त्रीलाई सम्बोधन गरी मुख्य सचिव र गृह सचिवलाई बोधार्थ दिएको ज्ञापनापत्रमा प्रहरीलाई कारवाही नभए  अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्ने चेतावनी दिएका हुन् । साथै तीनदिन भित्र कारवाही नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने जनाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हालै भएको घटनाप्रति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रियाशील ट्रेड युनियनको तर्फवाट २०८० माघ १२ गते प्रेषित विज्ञप्तिमा कालोपट्टी वाँधी सेवा प्रवाह गरिरहेको विरोधको कार्यक्रमप्रति राष्ट्रियस्तरका ट्रेड युनियनका तर्फवाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा वन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी वाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं।’

गत माघ ८ गते विमानस्थल भित्र चेकजाँजका क्रममा भनाभन भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अधिकृत गोगन वहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तान प्रहरीबाट कुटिएका थिए । 

हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै