नेभिगेशन
सबै कुरा

भारतीय कारले ठक्कर दिएर सांसदका स्वकीए सचिव फरार, महिला गम्भिर घाइते

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको कारको ठक्करले एक महिला गम्भिर घाइते भएकी छिन् । 

निजामले चलाएको सवारीले मोटरसाइकललाई ठक्कर दिइ उनी फरार भएको पर्सा प्रहरीले जनाएको छ । वीरगंजको लिंकरोडस्थित ना ५० प ६५४० नम्बरको मोटरसाइकललाई सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको भारतीय नम्बर (बिआर ०६ सिएक्स ५०२६) को कारले ठक्कर दिदा बाइकको पछाडी बसेकी महिला गम्भीर घाईते भएकी हुन् । 

CG

घाइते हुनेमा कलैया उपमहानगरपालिका–१२ शितलपुरकी विन्दु देवी रहेकी छिन् । दुर्घटनामा परी उनको छाती र टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउकोको शल्यक्रिया गरिएको मेडिसिटी अस्पताल स्रोतले जनाएको छ । 

ठक्करका कारण मोटरसाइकल चालक रमेश साह पनि घाइते भएका छन् । गम्भिर घाइते भएकी विन्दु देवीको भने वीरगंजस्थित एल.एस.न्यूरो अस्पतालमा उपचार हुन नसकेपछि आइतबारनै काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको थियो । फरार रहेका स्वकीय सचिव मोहम्मद निजामको भने खोजि भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

ठक्कर लगत्तै स्वकीय सचिवले चलाएकाे कारमा सवार सांसद राजकुमार गुप्ताका छोरा रवि गुप्ताले प्रहरीसँग उल्टै विवाद गरेका थिए । प्रहरीलाई गाली गलौज गरेका सांसद गुप्ताका छोरालाई भने प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल साहले बताए । 

दुर्घटनापछि उपचार खर्च उपलब्ध गराउन पीडक पक्षले आनाकानी गरिरहेको घाइते विन्दु देवीकी आफन्त तथा प्रतिनिधिसभा सदस्य समेत रहेकी ज्वाल साहले बताइन् । सांसद साह भन्छिन्, ‘घटना दुर्घटना हुन्छ, तर दुर्घटना हुनासाथ पीडितको उपचार लगायतको खर्चमा तदारुकता देखाउनुपथ्र्यो त्यस्तो नगरी उल्टै धाकधम्की दिने कार्य भइरहेको छ ।’

उनका अनुसार अपरेसन लगायतको खर्च ६ लाख भन्दा बढी लागेको छ । थप उपचार बाँकी नै छ । तर पिडक पक्षले २ लाख ५० हजार मात्रै उपलब्ध गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...