नेभिगेशन
सबै कुरा

भारतीय कारले ठक्कर दिएर सांसदका स्वकीए सचिव फरार, महिला गम्भिर घाइते

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको कारको ठक्करले एक महिला गम्भिर घाइते भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निजामले चलाएको सवारीले मोटरसाइकललाई ठक्कर दिइ उनी फरार भएको पर्सा प्रहरीले जनाएको छ । वीरगंजको लिंकरोडस्थित ना ५० प ६५४० नम्बरको मोटरसाइकललाई सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको भारतीय नम्बर (बिआर ०६ सिएक्स ५०२६) को कारले ठक्कर दिदा बाइकको पछाडी बसेकी महिला गम्भीर घाईते भएकी हुन् । 

Ncell
Extreme Energy

घाइते हुनेमा कलैया उपमहानगरपालिका–१२ शितलपुरकी विन्दु देवी रहेकी छिन् । दुर्घटनामा परी उनको छाती र टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउकोको शल्यक्रिया गरिएको मेडिसिटी अस्पताल स्रोतले जनाएको छ । 

ठक्करका कारण मोटरसाइकल चालक रमेश साह पनि घाइते भएका छन् । गम्भिर घाइते भएकी विन्दु देवीको भने वीरगंजस्थित एल.एस.न्यूरो अस्पतालमा उपचार हुन नसकेपछि आइतबारनै काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको थियो । फरार रहेका स्वकीय सचिव मोहम्मद निजामको भने खोजि भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

ठक्कर लगत्तै स्वकीय सचिवले चलाएकाे कारमा सवार सांसद राजकुमार गुप्ताका छोरा रवि गुप्ताले प्रहरीसँग उल्टै विवाद गरेका थिए । प्रहरीलाई गाली गलौज गरेका सांसद गुप्ताका छोरालाई भने प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल साहले बताए । 

दुर्घटनापछि उपचार खर्च उपलब्ध गराउन पीडक पक्षले आनाकानी गरिरहेको घाइते विन्दु देवीकी आफन्त तथा प्रतिनिधिसभा सदस्य समेत रहेकी ज्वाल साहले बताइन् । सांसद साह भन्छिन्, ‘घटना दुर्घटना हुन्छ, तर दुर्घटना हुनासाथ पीडितको उपचार लगायतको खर्चमा तदारुकता देखाउनुपथ्र्यो त्यस्तो नगरी उल्टै धाकधम्की दिने कार्य भइरहेको छ ।’

उनका अनुसार अपरेसन लगायतको खर्च ६ लाख भन्दा बढी लागेको छ । थप उपचार बाँकी नै छ । तर पिडक पक्षले २ लाख ५० हजार मात्रै उपलब्ध गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...

भर्खरै