नेभिगेशन
सबै कुरा

मापदण्डविपरित संचालनमा रहेको आयुर्वेदिक औषधी पसल प्रशासनद्वारा ‘सिल’

गुल्मी । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो । नियम विपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियम विपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरिएको हो । विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

CG

आयुर्वेद औषधि पसलले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन गरी औषधि बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रशासनले गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको भेटिएपछि आयुर्वेद पसल सिल गरी अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । 

प्रशासकीय अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले सञ्चालन गरेको प्रयोगशाला सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमियोपेथी दुवै औषधि बिक्री गर्दै आएको, औषधिको खुल्ला बिक्री एवं बिरामीको जाँच गरेको भेटिएको बताइएको छ । उक्त पसल सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालयको नामबाट एकै ठाँउबाट सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...