नेभिगेशन
सबै कुरा

२ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गर्ने पक्राउ

काठमाडाैँ ।  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा प्रतिबन्धित रहेको अनलाइन क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो।

Ncell
Extreme Energy

साहले क्रिप्टो र अनलाइन जुवाको कारोबारका लागि २ वर्षको अवधिमा मात्र १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै उनले यसबाहेक विभिन्न सामाजिक संजालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ  । उनले अनलाइनमार्फत ‘पार्सल पठाएको छु’ भनेर विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने र सम्पर्कविहिन बन्ने गरेको प्रहरीले जनाएको छ  । 

उनले उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको बैँक खाताबाट खाता अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। कारोबारका लागि उनले आफ्नो नाममा मात्रै विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ।

शाहले आफूले क्रिप्टो खरिद गर्ने र अन्य व्यक्तिले मागेअनुसार उनले पैसा लिएर उनीहरुलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । उनले कम्पनीका ४ र आफ्ना ११ गरी २ वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेका हुन् । 

उनले सामान्यतया अवैध जुवा खेल्नका लागि क्रिप्टोकरेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने समेतका काम गर्ने गरेको प्रहरीले जनाएको छ  । उनीसँगै यस काराेबारमा ठूलाे गिराेह  संलग्न रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...