नेभिगेशन
सबै कुरा

२ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गर्ने पक्राउ

काठमाडाैँ ।  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।

नेपालमा प्रतिबन्धित रहेको अनलाइन क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो।

Global Ime Bank

साहले क्रिप्टो र अनलाइन जुवाको कारोबारका लागि २ वर्षको अवधिमा मात्र १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै उनले यसबाहेक विभिन्न सामाजिक संजालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ  । उनले अनलाइनमार्फत ‘पार्सल पठाएको छु’ भनेर विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने र सम्पर्कविहिन बन्ने गरेको प्रहरीले जनाएको छ  । 

उनले उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको बैँक खाताबाट खाता अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। कारोबारका लागि उनले आफ्नो नाममा मात्रै विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ।

शाहले आफूले क्रिप्टो खरिद गर्ने र अन्य व्यक्तिले मागेअनुसार उनले पैसा लिएर उनीहरुलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । उनले कम्पनीका ४ र आफ्ना ११ गरी २ वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेका हुन् । 

उनले सामान्यतया अवैध जुवा खेल्नका लागि क्रिप्टोकरेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने समेतका काम गर्ने गरेको प्रहरीले जनाएको छ  । उनीसँगै यस काराेबारमा ठूलाे गिराेह  संलग्न रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...