नेभिगेशन
समाज

एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एउटा कठिन सत्यको अगाडि उभिएको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेकपा (एमाले)ले चुनावी पराजय भोगेको र यो पराजयलाई सानो भनेर पन्छाउन नमिल्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘२०८२ भदौ २३/२४ र निर्वाचन परिणामले हामीलाई दिएको सन्देश कठोर छ। त्यो सन्देश सुन्नुपर्छ। त्यो सन्देशको अर्थ बुझ्नुपर्छ । तर यहीँ अर्को सत्य पनि छ– एमाले हारेको छ, तर एमालेको जरा सुकेको छैन।’
उनले एमाले नहराएको बताएका छन्। 

Ncell
Extreme Energy

‘एमाले कमजोर भएको छ, तर एमालेको जरा सुकेको छैन। एमालेको मत घटेको छ, तर एमालेको ऐतिहासिक आवश्यकता समाप्त भएको छैन। एमाले जनताको सङ्घर्षबाट जन्मेको पार्टी हो । एक चुनावले पार्टी समाप्त गर्दैन । तर एक चुनावले यस्तो पार्टीलाई जागा गराउन सक्छ,’ उनले भनेका छन्।

विज्ञानमा रोग देखिनु कहिलेकाहीँ शरीरको विनाश नभएको र उपचारको सुरुवात हुने धारणा राखेका छन्। 

‘जब ज्वरो आउँछ, शरीरले सङ्केत दिन्छ कि भित्र केही असन्तुलन छ। ज्वरोसँग रिसाएर हुँदैन, कारण खोज्नुपर्छ। पार्टीको हार पनि त्यस्तै सङ्केत हो। जनताको मनमा असन्तोष भड्काइएको थियो। सङ्गठनमा सुस्तता थियो। हाम्रो सञ्चार ढिलो थियो। जनतासँगको संवाद अधुरो थियो। आरोपको प्रतिवाद कमजोर थियो। यी सबै सत्य हुन्। यिनलाई स्वीकार नगरी एमाले उठ्दैन,’ उनले भनेका छन्।

तर रोगको सही उपचारका लागि सही निदान चाहिने उनको ठहर छ। यदि सबै दोष गलत ठाउँमा ओइराएर सन्तोष लिइयो भने उपचार नहुने उनको बुझाइ छ। 

‘यदि सबै दोष बाहिरी शक्तिमा हालेर आत्मसन्तुष्टि गरियो भने पनि उपचार हुँदैन। यदि सबै दोष कार्यकर्तामा हालियो भने पनि न्याय हुँदैन। हार बहुकारणीय थियो— भदौको असाधारण घटनाक्रम, भावनात्मक लहर, डिजिटल चरित्रहत्या, असमान चुनावी वातावरण, पार्टीमाथि भएको बाह्य प्रहार, आन्तरिक कमजोरी, सङ्गठनात्मक थकान, युवाको मनसँग दूरी, सञ्चारको कमजोरी, समयमै धाँधली चिन्न र रोक्न नसक्नु आदि। यी सबै कारण मिलेर नतिजा बन्यो,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।
५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई ‘सत्ता परिवर्तनको खेल’का रूपमा व्याख्या गरेको छ।
हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले नागरिकहरू राज्य र पार्टी...