नेभिगेशन
समाज

हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले नागरिकहरू राज्य र पार्टी दुवैलाई आफ्नो जीवनसँग जोडिएको देख्न चाहने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘त्यसैले एमाले पनि बदलिँदै जानुपर्छ । तर रूपान्तरण भनेको इतिहास मेट्ने अभियान होइन। रूपान्तरण भनेको पार्टीको सङ्घर्ष, विचार, बलिदान र सङ्गठनात्मक परम्परालाई अपमान गर्ने नाम होइन। कुनै वृक्षमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन, मलजल गरिन्छ। एमालेको इतिहास जरा हो। रूपान्तरण नयाँ पालुवा हो। जरा र पालुवा भिडाइयो भने वृक्ष सुक्छ। जरा र पालुवा जोडियो भने वृक्ष फेरि हरियो हुन्छ,’ उनले भनेका छन्।

Ncell
Extreme Energy

पार्टीमा रूपान्तरण आवश्यक रहेको र भइ पनि रहने उनले भनेका छन्। यसमा कुनै विवाद नरहेको भन्दै ओलीले समय पनि बदलिएको बताए। 

‘समाज बदलिएको छ। युवाको मन बदलिएको छ। सूचना प्रवाहको गति बदलिएको छ। जनताको अपेक्षा बदलिएको छ। शासनको मापदण्ड बदलिएको छ। नागरिक अब अवसर चाहन्छन्। उनीहरू राज्य र पार्टी दुवैलाई आफ्नो जीवनसँग जोडिएको देख्न चाहन्छन्,’ उनले भने।

रूपान्तरणको सही अर्थ शैली बदल्नु रहेको ओलीको भनाइ छ।  त्यस्तै जनतासँग बोल्ने भाषा बदल्नु र निर्णय प्रक्रिया छरितो बनाउनु भएको पनि उनले बताएका छन्। 

‘सङ्गठनलाई कागजमा होइन, मैदानमा सक्रिय बनाउनु हो। कमिटीलाई बैठकको औपचारिकता होइन, जनताको समस्याको समाधान केन्द्र बनाउनु हो। नेतृत्व मण्डलीलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम निकाल्ने तहमा बदल्नु हो। पार्टीलाई निर्वाचनको बेला मात्र जनताको घरमा पुग्ने होइन, वर्षभरि जनताको जीवनसँग जोडिने बनाउनु हो। रुपान्तरण भनेको रुपमा अन्तर ल्याउनु हो। अवस्थामा परिवर्तन ल्याउनु हो। रूपान्तरणको अर्थ डिजिटल युगमा सत्यलाई प्रभावकारी बनाउनु पनि हो । हाम्रो विचार सही छ भनेर मात्र पुग्दैन। सही कुरा सही समयमा, सही भाषामा, सही माध्यमबाट जनतासम्म पुग्नुपर्छ। झुट छिटो पुग्ने युगमा ढिलो हिँड्ने सत्य मात्र भएर पुग्दैन। पार्टीसँग तथ्य हुनुपर्छ, तर तथ्यसँग गति पनि हुनुपर्छ। पार्टीसँग विचार हुनुपर्छ, तर विचारसँग नयाँ पुस्ताले बुझ्ने भाषा पनि हुनुपर्छ। पार्टीसँग इतिहास हुनुपर्छ, तर इतिहाससँगै भविष्यको खाका पनि हुनुपर्छ,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।
५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई ‘सत्ता परिवर्तनको खेल’का रूपमा व्याख्या गरेको छ।