नेभिगेशन
समाज

आज यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Ncell
Extreme Energy

कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

यसैबीच, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम प्रणालीको प्रभावका कारण आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने भएकाले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।