नेभिगेशन
समाज

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

भोटेकोशी बाढीपछि पुनःस्थापना र पुनर्निर्माणमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएका भेटवार्तामा नेपाल–ईयू तथा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

Ncell
Extreme Energy

ईयूकी कार्यकारी उपाध्यक्ष रिबेरासँगको भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए।

भेटमा नेपाल र ईयूबीचको साझेदारीका विविध आयामबारे महत्वपूर्ण विचार आदानप्रदान भएको थियो। बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल र ईयूबीचको सहकार्यलाई थप गहिरो बनाउने विषयमा पनि छलफल भएको थियो।

त्यस्तै, नेपाल र ईयूबीच आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षले जोड दिएका थिए।

यसैगरी, पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँगको भेटमा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।

भेटमा दुवै पक्षले दुई देशबीच बढ्दै गएको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षले जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।