नेभिगेशन
समाज

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाह ९ सदस्यीय टोलीसहित बेलुका ६ बजे न्युयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा प्रधानमन्त्रीसहित सचिवालयका ५ जना, सुरक्षाका २ जना, परराष्ट्र शिष्टाचार महापाल (प्रोटोकल) विभागका  २ जना छन् । 

Ncell
Extreme Energy

चैत १३ मा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो । न्युयोर्क उड्नुअघि प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गार्ड अफ अनर प्रदान गरिनेछ । 

प्रधानमन्त्री शाहले न्युयोर्कमा राष्ट्रसंघीय महासभा उच्चस्तरीय बैठकलाई असोज ९ गते विहान सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढी, त्यसले पारेको प्रभाव, जलवायु परिवर्तन, न्यायका विषय उठाउने तयारी छ । 

प्रधानमन्त्री शाह तीन दिन न्युयोर्कमा रहँदा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अरु कुनै पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छैन । 

प्रधानमन्त्री शाह १० असोजमा न्युयोर्कबाट फर्किनेछन् । 

त्यसपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन् । उनी सोमबार न्युयोर्क पुगिसकेका छन् । 

नेपालले राष्ट्रसंघीय महासभाअन्तर्गत सगरमाथादेखि समुद्रसम्मको जलवायुकेन्द्रित कार्यक्रम गर्दैछ । जसको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।