नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले आज साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने महासभामा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन्।

Ncell
Extreme Energy

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि सुरु हुँदैछ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले सम्बोधनका क्रममा नेपालमा हालै भएको भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका प्रभाव तथा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

नेपालमा गत अगस्ट २६ मा आएको भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्पछि जलवायु परिवर्तनबाट हिमाली मुलुकले भोगिरहेका जोखिम, जलवायु न्याय तथा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय प्रधानमन्त्रीको भ्रमणका क्रममा उठाउने तयारी गरिएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीको टोली सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली सेप्टेम्बर २० अर्थात् असोज ४ गते नै न्युयोर्क पुगिसकेको छ। परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न मुलुकका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।