नेभिगेशन
समाज

बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

कास्की । मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सडक गत साउन २८ गतेदेखि अवरुद्ध भएको थियो । सडकको सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । 

Ncell
Extreme Energy

उनकाअनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण सडकको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बस्तीहरू सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएका थिए ।

अन्नपूर्ण –८ स्थित बिरेठाँटी एबिसी र पुनहिल तथा घोडेपानीको प्रवेशद्वार हो । बिरेठाँटीमा मोदी खोलाको कटानले १०० मिटर पक्की सडक बगाएको थियो भने बिरेठाँटी बजार समेत जोखिममा परेकको थियो ।

“मोदीको बाढीले बिरेठाँटीलगायतका क्षेत्रमा सडक कटान गर्दा ग्रामीण पर्यटनको केन्द्रका रुपमा स्थापित घान्द्रुक सडक सम्पर्कबाट विच्छेद भएको थियो  । यसबाट विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर(एबिसी) जाने पर्यटक समेत समस्यामा परेका थिए भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको थियो । अहिले पर्यटकीय मौसम सुरु हुन लागेको अवस्थामा सडकसमेत खुलेको छ,” अध्यक्ष केसीले भने । 

अवरुद्ध सडक पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनी, सम्बन्धित निकाय तथा निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको थियो । बाढीले बगाएको स्थानमा ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाइएको अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । उनकाअनुसार सडक खुलेसँगै स्थानीयमा खुसी छाएको छ । 

“लामो समय सडक अवरुद्ध हुँदा घान्द्रुकको जनजीवन प्रभावित बनेको थियो । पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए । अब घान्द्रुक तथा एबिसी आउने बाटो खुल्यो । स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहज भयो,” वडाध्यक्ष गुरुङले भने ।

गाउँपालिकाले वर्षायाम अझै बाँकी रहेकाले सडक खण्डका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।