नेभिगेशन
समाज

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा चालकको निधन भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । 'उहाँको उपचारका क्रममा निधन भएको छ,' उनले भने । 

Ncell
Extreme Energy

घिमिरेकाअनुसार चालकको परिचय खुलेको छैन । उनको साथबाट भेटिएको लाइसेन्समा काभ्रेका २५ वर्षीय दावा लामा लेखिएको छ । तर दावा लामाले आफू सकुशल रहेको भनेपछि गाली चालक को थिए र उनको परिचय के हो भनेर अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । 

रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बर बसमा सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा आगलागी भएको थियो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको अनुमान छ । 

आगलागीअघि चालकसँग ट्राफिक प्रहरीको विवाद भएको थियो । 

घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।