नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने समझदारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षले खुशी व्यक्त गरे ।

Ncell
Extreme Energy

भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको थियो ।

दुवै पक्षले नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा कुराकानी  गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।
बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।