नेभिगेशन
समाज

बागलुङमा डेङ्गी फैलिएपछि अनुसन्धानमा विज्ञ टोली

बागलुङ । देशभरमै सबैभन्दा धेरै डेङ्गीको संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण र  फैलिरहेको डेङ्गीको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य सेवा विभागका डा गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्ला दुई दिनदेखि नमुना संकलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ ।

Ncell
Extreme Energy

टोलीले धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गीको भेरियन्ट पहिचान गर्ने काम पनि गरिरहेको छ । 

हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गी सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ । यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो । 

बागलुङमा हालसम्म एक हजार ५८९ जना संक्रमित भएका छन् । यो तथ्याङ्क सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो । निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ । 
डम्मर बुढामगर, नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।