नेभिगेशन
समाज

बागलुङमा डेङ्गी फैलिएपछि अनुसन्धानमा विज्ञ टोली

बागलुङ । देशभरमै सबैभन्दा धेरै डेङ्गीको संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण र  फैलिरहेको डेङ्गीको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य सेवा विभागका डा गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्ला दुई दिनदेखि नमुना संकलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ ।

Ncell
Extreme Energy

टोलीले धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गीको भेरियन्ट पहिचान गर्ने काम पनि गरिरहेको छ । 

हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गी सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ । यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो । 

बागलुङमा हालसम्म एक हजार ५८९ जना संक्रमित भएका छन् । यो तथ्याङ्क सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो । निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ । 
डम्मर बुढामगर, नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।