नेभिगेशन
समाज

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगजनीका क्रममा जलेर मृत्यु भएका चालक अर्जुन दोङका आफन्तले उक्त घटनाको अनुसन्धान गर्न र क्षतिपूर्ति दिन माग गर्दै प्रर्दशन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

Marvel
Extreme Energy

उक्त घटनाको छानबिन गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

उनले दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज