नेभिगेशन
समाज

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

काठमाडौँ । रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सचेतक धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन् ।

Ncell
Extreme Energy

उनले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन् ।

चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको उनको भनाइ छ । चालकलाई मात्र दोष थोपरेर समस्या समाधान नहुने भन्दै उनले राज्य, सम्बन्धित निकायहरू र यातायात व्यवसायीसमेत गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

आजकै बैठकमा अन्य सांसदहरुले पनि त्रिपुरेश्वरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सार्वजनिक सवारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बताएका छन् । उनीहरुले उक्त घटनामा गृहमन्त्रीको जवाफसमेत माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।