नेभिगेशन
समाज

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

काठमाडौँ । प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन। । बैठकले उक्त प्रस्तावलाइ सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

Ncell
Extreme Energy

त्यसअघि सम्झौताप्रति सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौतमले विगतमा भएका सन्धि–सम्झौताहरू अनुरूप कानुन बने÷नबनेको समीक्षा गरी आवश्यक कानुनहरू ढिला नगरी छिटो निर्माण गर्न सरकार सकारात्मक रहेको बताइन् ।

रसुवा र भोटेकोशीको बाढीले दिएको सन्देशलाई मध्यनजर गर्दै विकासको परम्परागत मोडलमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

मन्त्री गौतमले नदीका बेसिन तथा कोरिडोर वरपर अव्यवस्थित बस्ती विकास हुँदा ठूलो जनधनको क्षति भएको सन्दर्भमा अब उत्थानशील प्रकृतिको विकासमा जानुपर्ने र कानुन बनाउँदा प्राकृतिक विपत्तिलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन् ।

सन्धि–सम्झौताबाट प्राप्त हुने लाभ, प्रविधि र सूचनाहरूलाई नेपालको हितमा छिटोभन्दा छिटो कानुनमा समेटेर त्यसको प्रभावकारी उपयोग गर्न सरकार सकारात्मक रहेको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।