नेभिगेशन
समाज
भीषण वर्षाको प्रक्षेपण

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन् ।

Ncell
Extreme Energy

सो क्रममा विभागका मौसमविद्हरुले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको र देशका बिभिन्न स्थानमा पर्न सक्ने असरमा बारेमा जानकारी गराएका थिए ।

छलफलपछि गृहमन्त्री सुधन गुरुङले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र योजना बनाउनका लागि आगामी मौसमी प्रणालीकाबारे जानकारी लिइएको बताए ।

उनले आगामी ८ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको र नदी किनार तथा जोखिमयुक्त क्षेत्रहरूमा टोली परिचालन गर्न र स्थानीय नागरिकहरूलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको पनि जानकारी दिए ।

त्यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र पूर्वसूचनामा समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए ।

बंगालबाट आएको मौसमी बहावका कारण कृषि, पर्यटन तथा यात्रुहरू सबै क्षेत्र प्रभावित हुन सक्ने आकलन गरिएको उनले बताए ।  उनले चाडबाडको समय भएकाले यात्रा गर्नुअघि मौसम र सडकको पर्याप्त जानकारी लिएर मात्र निस्कन र असोज १२ गतेसम्म मौसम तथा विपद् सम्बन्धी जारी हुने अलर्ट र सूचनाहरूलाई हल्का रूपमा नलिन र कडाइका साथ पालना गर्न अनुरोध गरिएको पनि बताए ।

मन्त्री श्रेष्ठले विगतको विपद्बाट पाठ सिकेर सम्भावित जोखिम क्षेत्रहरूमा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले अघिल्लो विपद्मा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको सन्दर्भमा यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट निजी क्षेत्र तथा नेपाल विद्युत प्राधिकरणलाई निरन्तर सूचना प्रवाह गर्ने प्रणाली मिलाइएको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।