नेभिगेशन
समाज

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा  सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी–स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए । उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ । हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।

Ncell
Extreme Energy

सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ ।

विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेको छ भने करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ । त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ । उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी–स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ ।

बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन । स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ ।

स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ । उक्त स्थानमा सर्भेक्षण सुरु भइसकेको छ । बाढीले कटान गरेको मुग्लिन–गल्छी सडकखण्डमा पर्ने कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सकिएर दुईतर्फी रुपमा यातायात सञ्चालन भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।