नेभिगेशन
समाज

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता मङ्गलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकमा पार्टी संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिबारे जानकारी गराएका थिए । 

यस्तै, वाम राजनीतिक दल तथा घटकसँग पार्टी एकताका लागि वार्ता गर्न नेता देव गुरुङको संयोजकत्वमा नेताद्वय प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको छ ।

बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टीपङ्क्ति परिचालन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै