नेभिगेशन
समाज

भोटेकोशी बाढीबाट रसुवामा मात्र २३६ शव प्राप्त, ३९०६ जना अझै सम्पर्कविहीन

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा त्यसपछिको विपद्बाट हालसम्म रसुवामा २३६ वटा शव प्राप्त भएको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, रसुवाले असोज ५ गते साँझ ५ः२० बजेसम्म तयार पारेको विवरणअनुसार प्राप्त शवमध्ये १९४ वटा पहिचान हुन सक्ने र ४२ वटा पहिचान नखुलेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिचान हुन सक्ने शवमध्ये ३८ वटा महिला र १५६ वटा पुरुषका छन्। प्राप्त २३६ शवमध्ये १७ जनाको सनाखत भइसकेको छ भने २१९ जनाको सनाखत हुन बाँकी छ। ६९ शवको मुचुल्का मात्र भएको र १३८ शवको मुचुल्कासँगै डीएनए संकलन गरिएको केन्द्रले जनाएको छ। चार शव काठमाडौं र २२१ शव नुवाकोट पठाइएको छ।

Ncell
Extreme Energy

हराएका व्यक्तिका आफन्तमध्ये धुन्चे अस्पतालमा १२८ जनाको डीएनए संकलन गरिएको छ। तीमध्ये ९१ पुरुष, ३४ महिला, दुई बालक र एक बालिका छन्।

विपद्मा उद्धार गरिएका नेपाली नागरिकको संख्या १ हजार ३७२ र विदेशीको संख्या ८९ गरी कुल १ हजार ४६१ पुगेको छ। उद्धार भएकामध्ये नेपाली ८६४ पुरुष, ५०७ महिला र एक जनाको लिंग नखुलेको विवरणमा उल्लेख छ। विदेशीमध्ये ६४ पुरुष, २४ महिला र एक जनाको विवरण खुलेको छैन।

तर सम्पर्कविहीन तथा बेपत्ताको संख्या अझै ठूलो छ। विवरणअनुसार नेपाली प्रहरी २५, नेपाली सेना २७, सशस्त्र प्रहरी १२, गोसाइँकुण्ड गाउँपालिकाका कर्मचारी ३३, उत्तरगया गाउँपालिकाका कर्मचारी १३, अध्यागमन कार्यालयका कर्मचारी तीन तथा विभिन्न सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरी ३ हजार ९०६ जना सम्पर्कविहीन छन्। यसमा रसुवाका १ हजार ६४४ नागरिक, अन्य जिल्लाका १ हजार ८२३ नागरिक र २७७ विदेशी पर्यटकसमेत छन्।

बाढीबाट सरकारी तथा सार्वजनिक निकायका ३१ संरचना, आठ जलविद्युत् आयोजना, चार विद्यालय, १५ बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र २९ वटा पुलमा क्षति पुगेको छ। यस्तै करिब १ हजार ५०० निजी घरमा क्षति पुगेको र ४१ किलोमिटर सडक प्रभावित भएको विवरणमा उल्लेख छ।

रसुवाका विभिन्न स्थानमा रहेका होल्डिङ सेल्टरमा २०२ जना रहेको केन्द्रले जनाएको छ। बाढीबाट गोसाइँकुण्ड, आमाछोदिङ्गो, कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न क्षेत्र पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्।

बाढीपछि बाह्र घुम्तीबाट रसुवागढीसम्मको पासाङल्हामु राजमार्ग तथा त्रिशूली–बेत्रावती–खाल्टे–मैलुङ–स्याफ्रुबेंसी–टिमुरे–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ। वैकल्पिक राजमार्गका केही खण्ड भने सञ्चालनमा आएका छन्।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भदौ १३ देखि असोज ५ गतेसम्म बाढी प्रभावित क्षेत्रमा २७० पटक राहत वितरण तथा पठाइएको छ। आमाछोदिङ्गो गाउँपालिका–१ का हाकु, नेसिङ, ग्रे र हाकुबेंसीमा ड्रोनमार्फत ६३ पटक राहत सामग्री पुर्‍याइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै