नेभिगेशन
समाज

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे । 

Ncell
Extreme Energy

भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गर्नु भएकाे थियाे । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए । 

माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामसँग भेट

परराष्ट्रमन्त्री शिशिर खनालले माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम एडमसँग द्विपक्षीय भेटवार्ता भएकाे  छ । 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे । 

भेटका क्रममा दुई परराष्ट्रमन्त्रीहरूले नेपाल-माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरेका थिए । 

उनीहरूले उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा पर्यटन, रोजगारी र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरे । 

त्यसैगरी, जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकासलगायत आपसी हित र चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्यलाई थप प्रभावकारी बनाउने आवश्यकतामा दुवै मन्त्रीहरूले  जोड दिए ।

संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा समेत साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिला मन्त्री ब्लानरिसँग भेट

परराष्ट्रमन्त्री शिशिर खनालले स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिला मन्त्री जुराज ब्लानरसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल र स्लोभाक गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो।

भेटका अवसरमा दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

परराष्ट्रमन्त्री खनालले महासभाको अवसरमा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्दै आइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...

भर्खरै