नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसर भएकाे साइडलाइन भेटवार्तामा क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

Marvel
Extreme Energy

साथै, हालैको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको राहत तथा पुनर्निर्माण प्रयासका विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेपालको विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा अमेरिकाबाट निरन्तर प्राप्त हुँदै आएको सहयोग तथा आगामी दिनमा सहयोगलाई निरन्तरता दिने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

दुवै पक्षले नेपाल-अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ गर्दै विपद् व्यवस्थापन र पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिएका थिए ।

भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज