नेभिगेशन
समाज

राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ, प्रभावहरू फैलिरहेको छ

विकसित देशहरूले क्षतिपूर्ति बढाउनुपर्नेमा जोड

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले विश्वको भविष्य संकटमा परेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रसंघ महासभाको ८१औ सत्रलाई उद्घाटन गर्दै महासचिव गुटेरेसले नेपालका हिमनदीहरु पग्लने गति बढिरहेको र यसले जोखिम र संकट बढाउँदै लगेको बताए । 

Ncell
Extreme Energy

'तीन वर्षअघि नेपालका पहाडहरूमा, मैले हिमनदी पग्लने गति बढ्दै गएको बारेमा चेतावनी दिएको थिएँ - विश्वका छानाहरू ढल्दैछन्," गुटेरेसले भने, 'त्यसबेला आलोचकहरूले त्यो चेतावनीलाई अतिरन्जित भनेर खारेज गरे । तर - दुःखद घटनाहरूले देखाएको जस्तै प्रभावहरू चाँडै आइरहेका छन्, कडा प्रहार गरिरहेका छन् र धेरैले अनुमान गरेभन्दा बढी फैलिरहेका छन्।'

महासचिव गुटेरेसले नेपालको भोटेकोशी बाढीको नामै उल्लेख नगरे पनि प्रभाव बढिरहेको भन्दै जलवायु प्रकोपको तीव्र गतिलाई संकेत गरेका थिए । 

महासचिव गुटेरेसले जलवायु अनुकूलन र अन्तर्राष्ट्रिय क्षतिपूर्तिमा ध्यान केन्द्रित गर्दै जलवायु न्यायको तत्काल आवश्यकतालाई जोड दिए । 'विकसित देशहरूले आफ्ना प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ,' उनले भने, 'तिनीहरूले अनुकूलन वित्तलाई तीन गुणा बढाउनुपर्छ र नोक्सान तथा क्षति कोषलाई स्तरमा काम गर्न दिनुपर्छ।' 

महासचिव गुटेरेसले नोक्सान तथा क्षति कोषमा हालका स्रोतहरू हास्यास्पद रूपमा थोरै रहेको भन्दै महत्वपूर्ण खनिजहरू खानी विकास गर्ने देशहरुले असमानता कायम राख्न नहुनेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ...