नेभिगेशन
समाज

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

काठमाडौँ । सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न मन्त्रालयले असोज १ देखि ६ गतेसम्म सातवटा विधेयक प्रतिनिधि सभामा दर्ता गरेको संसद् सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राष्‍ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक दर्ता गरेका छन् । 

पूर्वाधार मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक दर्ता गरेका छन् । 

कानुनमन्त्री सोविता गौतमले नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक दर्ता गरेकी छिन् । 

स्वास्थ्यमन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्‍त्रण) (पहिलो संशोधन) विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक दर्ता गरेकी छिन् । 

महिला मन्त्री सिता बादीले महिला, बालबालिका, लैङ्‍गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।