नेभिगेशन
समाज

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हनुमानढोकामा लिंगो उठाएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुन्छ । लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ।

Ncell
Extreme Energy

इन्द्रजात्रा काठमाडौँ उपत्यकामा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ।

जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौँको बसन्तपुर क्षेत्रमा पुगेका छन्। 

Indrajatra--773-1790144119.jpg

Indrajatra--772-1790144118.jpg

Indrajatra--771-1790144118.jpg

Indrajatra--770-1790144117.jpg

Indrajatra--769-1790144117.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।