नेभिगेशन
समाज

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यसै साता बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूबाट पूर्व जानकारी प्राप्त भएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले यसबाट मध्य तथा पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने सम्भावना देखिएको बताए । त्यस्तै हालैको बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक देखिएको उनले उल्लेख गरे।

मन्त्री श्रेष्ठले वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे पूर्वानुमान अझै परिवर्तन हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागका सूचनालाई नियमित गर्दै जनता र सम्बद्ध निकायलाई सुसूचित राख्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहतका निकायलाई परिचालित गरिसकेको जानकारी दिए । 

पूर्वानुमानलाई सम्भावित जोखिमको संकेतका रूपमा लिनुपर्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत उनले सबैलाई आग्रह गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।