नेभिगेशन
समाज

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

Ncell
Extreme Energy

भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो । 

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए । 
    
यससँगै मनास्लुमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षका लाउवी सेङको पनि दोस्रो शिविरमा मृत्यू भएको थियो । 
    
त्यस्तै नेपाली सहयोगी २० वर्षका टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो । किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । 

प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।