नेभिगेशन
समाज

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्र्दै त्यस्तो आग्रह गरेका हुन् । साथै उनले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । 

Ncell
Extreme Energy

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक रहेको विभागले जनाएको छ । सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । 

विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...