नेभिगेशन
समाज

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

काठमाडौँ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७५३ मध्ये आज ५१२ पालिकामा अधिवेशन उद्घाटन भई बन्दसत्र सुरु भएको छ । अधिवेशनले पालिका कार्यसमितिले चयन गर्ने छ । 

Ncell
Extreme Energy

त्यस्तै, बाँकी रहेका २४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहने निर्वाचन समितिले जनाएको छ । महाधिवेशन तालिकाअनुसार आज देशभरका पालिकामा अधिवेशन तोकिएको थियो । 

अधिवेशन चलिरहेको अवस्थामा जल तथा मौसम विभागबाट प्राप्त जानकारी अनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकोले सम्बन्धित निर्वाचन अधिकृतहरुले आफू मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधि सभाहरुको अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी सचेत भई अनुकुल समय मिलाई गर्न गराउनका लागि निर्देशन गरिएको पनि कांग्रेसले जनाएको छ । 
छ ।

यसैबीच, कांग्रेसले इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नं ५ को वडा अधिवेशन मार्फत क्षेत्रीय प्रतिनिधि चुनिएका इलामका १७ वर्षीय सुजल चापागाईको सदस्यता स्थगन गरेको छ । 

पार्टीको विधानअनुसार सदस्य बन्न १८ वर्ष उमेर पुरा हुनुपर्ने भएकाले १७ वर्षका सुजलको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी समेत स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ । 

आगामी माघ १८ गते सुजल १८ वर्ष पुरा हुने र त्यसपछि उनले चाहना सदस्यता कायम गरिने पनि समितिले स्पष्ट पारेको छ । 

समितिले अन्य कुनै जिल्लाका पनि वडा तहमा भएका निर्वाचनहरूमा यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा निजहरूको सम्बन्धमा पनि यही प्रक्रिया बमोजिम हुने गरी कार्यान्वयन गर्न, गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।

भर्खरै