नेभिगेशन
समाज

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

काठमाडौँ । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिए । 
 
“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,” उनले भने ।
 
मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेका छन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ ।
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।

भर्खरै