नेभिगेशन
समाज

झाँक्रीले भनिन्– कार्यदल बनाउने निर्णय नै गलत थियो, दोष एक व्यक्तिलाई थोपर्नु हुँदैन

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीको निर्वाचन पराजयको सम्पूर्ण दोष अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको बहस अघि बढाउनु सही राजनीतिक निष्कर्ष नभएको बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै झाँक्रीले निर्वाचनको समीक्षा सामूहिक रूपमा गर्नुपर्ने बताइन्। उनले पार्टीभित्रको कमजोरीको दोष एक व्यक्तिलाई दिएर उम्किन नहुने धारणा राखिन्।

Ncell
Extreme Energy

झाँक्रीले निर्वाचनपछि हारको जिम्मेवारी अध्यक्षले लिनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्ने र अध्यक्ष रहँदासम्म पार्टी बनाउन नसकिने जस्ता भाष्य निर्माण भएको भन्दै त्यसैलाई मूर्त रूप दिन कार्यदल गठन गरिएको बताइन्।

‘कार्यदल बनाउने निर्णय नै गलत थियो। यसले तलतल कार्यकर्तालाई अनायासै दुई ध्रुवमा विभाजित गर्‍यो,’ उनले भनिन्, ‘केन्द्रीय सदस्यहरू तल गएर आफ्नो धारणा राख्नुपर्ने भयो, जबकि कुरा राख्ने ठाउँ यही थियो।’

उनले कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक हुन नसकेको विषयमा पनि प्रश्न उठाइन्। अध्यक्ष वा पदाधिकारीले प्रतिवेदन स्वीकार नगरेकै कारण कार्यदलको औचित्य समाप्त नहुने उनको भनाइ थियो।

झाँक्रीले गत भाद्र २३/२४ पछिको राजनीतिक घटनाक्रम, महाधिवेशन र त्यसपछि भएको निर्वाचनलाई जोडेर पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताइन्।

‘महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो। तर निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन? समस्या कहाँ थियो?’ उनले प्रश्न गरिन्।

उनले निर्वाचनमा पार्टीको नीति र विचार बोकेर जानुको सट्टा ‘विद्यार्थीको हत्यारा केपी ओली हो, अध्यक्षले जिम्मेवारी लिनुपर्छ’ भन्ने भाष्य बोकेर गएको हो कि भन्ने प्रश्नसमेत उठाइन्।

झाँक्रीले भाद्र २३/२४ पछि पार्टीले आफूलाई राजनीतिक रूपमा कसरी प्रस्तुत गर्‍यो भन्ने विषयमा पनि समीक्षा आवश्यक रहेको बताइन्।

‘विधार्थी मार्‍यो, यो सरकार हत्यारा हो भनेर अखिल देशैभरि विघटन भएछ। विद्यार्थीको हत्या गर्ने नेताको अनुहार लगेर चुनाव जितिन्न भन्ने भाष्य बनाइयो। पक्षधरता खोइ?’ उनले प्रश्न गरिन्।

उनका अनुसार पार्टीले त्यसबेला घटनाको प्रतिवाद गरेको भए परिस्थिति फरक हुन सक्थ्यो।

झाँक्रीले एमालेले अहिलेको मूल चुनौतीका रूपमा बदलिँदो समाज, पुस्तान्तरण र डिजिटल प्रविधिले राजनीतिमा पारिरहेको प्रभावबारे पर्याप्त छलफल नगरेको बताइन्।

फेसबुक, मेटा, टिकटक र एक्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्म तथा तिनका अल्गोरिदमले जनमत र निर्वाचनलाई कसरी प्रभावित पार्न सक्छन् भन्ने विषयमा पार्टीले रणनीति बनाउनुपर्ने उनको भनाइ छ।

‘बट र डिजिटल अभियानमार्फत दल वा नेताप्रति कति घृणा फैलाउन सकिन्छ भन्ने हामीले आफ्नै अनुभवबाट भोगिसक्यौं,’ उनले भनिन्, ‘त्यसैले अब स्टेटको सोभरेन्टी मात्र होइन, इन्टरनेट सोभरेन्टी र स्पेस सोभरेन्टी जस्ता नयाँ चुनौतीमाथि पार्टीले रणनीति बनाउनुपर्छ।’

झाँक्रीले एमाले कम्युनिस्ट पार्टीसँगै देशभक्त शक्ति भएको उल्लेख गर्दै बदलिँदो प्रविधि र विश्व राजनीतिका चुनौती सामना गर्न नसके पार्टीको अस्तित्व र प्रभावमाथि प्रश्न उठ्ने बताइन्।

उनले गत वर्ष भाद्रमा भएको गोदावरी विधान सम्मेलनको निर्णयको प्रसंगसमेत उठाइन्। दुई कार्यकाल अध्यक्ष हुने र ७० वर्षे उमेर हदको प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको भन्दै त्यसको एक हप्तामै विशेष महाधिवेशनको माग गर्नु राजनीतिक रूपमा उचित थियो कि थिएन भन्ने प्रश्न गरिन्।

भाद्र २३ को घटनाका बेला तत्कालीन मन्त्रिपरिषद्का सदस्य र केन्द्रीय पदाधिकारीहरू अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीसँगै उभिएर सामना गर्ने रणनीति बनाउन तयार थिए कि थिएनन् भन्ने प्रश्न पनि उनले उठाइन्।

त्यस्तै, चैत १३ गते नयाँ सरकार बनेकै राति अध्यक्षमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएको भन्दै त्यसबेला पार्टी कहाँ उभिएको थियो भन्ने प्रश्न झाँक्रीले गरिन्।

उनले पार्टीभित्र वैचारिक पक्षधरता कमजोर हुँदै गएको पनि बताइन्। आफूले राजनीतिमा प्रवेश गर्दा वर्ग, वर्गीय स्वार्थ, समूहको हित र राजनीतिक विचारका आधारमा दलको पक्षधरता सिकेको उल्लेख गर्दै पछिल्लो समय पार्टीमा त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

झाँक्रीले एमालेभित्र व्यक्तिको चुनावी लोकप्रियतालाई पार्टी, जनसंगठन र जनवर्गीय संगठनको भूमिकाभन्दा बढी महत्व दिन थालिएको बताइन्।

‘हामीले संसदीय संघर्षलाई संघर्षको मूल थलो भन्यौं। बिस्तारै पार्टी, जनसंगठन र जनवर्गीय संगठनको भूमिकाभन्दा व्यक्तिको चुनावी लोकप्रियतालाई महत्व दिन थाल्यौं,’ उनले भनिन्, ‘चुनाव जित्नु व्यक्तिगत मामिला जस्तो भयो। त्यसले पार्टीभित्रै डाहा, रिस र द्वेष बढ्यो।’

पार्टीको काम चुनाव जित्नेमै सीमित हुँदै गएको भन्दै उनले सामाजिककरणको प्रक्रियामा पार्टीको उपस्थिति कमजोर बनेको बताइन्।

‘धारा, पानी, बिजुली, बाटो अनि तिलस्मी नेतृत्व र भगवान बनाउन थाल्यौं। बाँकी चुनाव नलड्ने औकात नभएकाहरू भनेर हेप्न थालियो,’ उनले भनिन्।

उनले पार्टीभित्रको ठूलो समस्या यही रहेको निष्कर्ष सुनाउँदै दोष एक व्यक्तिमाथि थोपर्नुभन्दा कमजोरीको सामूहिक समीक्षा गर्नुपर्ने बताइन्।

‘दोष एक व्यक्तिलाई थोपर्ने होइन, कमजोरीको सामूहिक समीक्षा र सामूहिक सामना गरौं,’ उनले भनिन्, ‘मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा फेरि गम्भीर वैचारिक काम गरौं। पार्टीलाई अझ एकताबद्ध, वैचारिक र देशभक्त शक्तिका रूपमा अगाडि बढाऔं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै