नेभिगेशन
समाज

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रसंघको हेडक्वार्टरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले महासभाको ८१औ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका हुन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरको आफ्टरनुन सेसन (दिउँसोको सत्र)लाई सम्बोधन गर्नेछन् । यो सेसनमा १८ जना राष्ट्र प्रमुखले बोल्ने कार्यतालिका छ । प्रधानमन्त्री शाहले १७औ नम्बरमा बोल्नेछन् ।  

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शाह बुधबारै अमेरिकाको न्युयोर्क पुगिसकेका छन् । 

के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर र युवाको भविष्यको विषय जोडेर उठाउँदैछन् । आफू युवा अवस्थामा संसारकै कान्छो प्रधानमन्त्रीको रुपमा प्रतिनिधित्व गरिरहेको र अहिलेको जलवायु परिवर्तन आफूहरुको युवा पुस्ता नै जोखिममा परिरहेको भन्दै विश्वकै ध्यानाकर्षण गराउने तयारी प्रधानमन्त्री शाहको छ । यसक्रममा प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले भोगेको क्षति, पाउनुपर्ने न्यायका विषय पनि उठान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री शाहले १५ मिनेट बोल्ने समय कार्यक्रम छ । 

अमेरिकी समयअनुसार प्रधानमन्त्रीको सम्बोधन बेलुका करिब ७ बजेतिर हुनेछ भने नेपाली समयअनुसार शुक्रबार विहान ४/५ बजेतिर हुने बताइएको छ । 

सम्बोधनअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
आज कहाँकहाँ हुनेछ धेरै भारी वर्षा ?

आज कहाँकहाँ हुनेछ धेरै भारी वर्षा ?

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै