नेभिगेशन
समाज

केन्द्रीय कमिटीमा राधिका खतिवडाको कटाक्ष– जन्त हिँडेको बेहुला गायब भए

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पुनर्गठनको मुद्दा उठाउने दुई नेताले आत्मसमर्पण गरेको भन्दै राधिका खतिवडाले कटाक्ष गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जन्त हिँडेको बेहुला बीच बाटाबाटै गायब भएको भन्दै कटाक्ष गरेकी हुन्।

Ncell
Extreme Energy

‘हामी पार्टी आन्दोलन पुनर्गठनको पक्षमा थियौं। जन्ती हिँड्यौं। तर बेहुला बेपत्ता भएझैं भयो। अब यो पुनर्गठनको बहस, विमर्शको के औचित्य छ र !,’ उनले प्रश्न गर्दै भनेकी थिइन्।

पुनर्गठनको मुद्दा उठाउँदै आएका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले यो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको कतिपय केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन्।

जारी केन्द्रीय कमिटी बैठकममा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पुनर्गठनको मुद्दा उठाएनन्। चार महिना लगाएर पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन पेस नगरिएकाप्रति पनि प्रश्न उठाएनन्।

केन्द्रीय सदस्य राधिका खतिवडाको प्रश्न त्यता नै लक्षित थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...

भर्खरै