नेभिगेशन
समाज

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुंग्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी र सचिवालयका सदस्यसँग छलफल गर्दै मन्त्री पोखरेलले एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका हुन्।

Ncell
Extreme Energy

शिक्षा नियमावलीको दसौँ संशोधनपछि देखिएका समस्या र सरोकारवालाबाट आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

दसौँ संशोधनका कतिपय प्रावधानप्रति असन्तुष्टि आएपछि मन्त्रालयले सरोकारवालासँग चरणबद्ध छलफल गर्दै राय–सुझाव संकलन गरेको थियो। मन्त्रालयका अनुसार सातै प्रदेशमा शिक्षा संवाद तथा छलफल आयोजना गरी सरोकारवालाको सुझाव लिइएको थियो।

तीमध्ये कतिपय छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी भएका थिए। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी तथा विज्ञ सम्मिलित टोलीले देशभर पुगेर सुझाव संकलन गरेको थियो।

दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसँग सम्बन्धित जटिलता लगायतका विषयलाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएका छन्।

मन्त्री पोखरेलले सरकारले चालु वर्षलाई कानुन निर्माणको वर्ष घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन तथा नियमावलीको कामसमेत शीघ्र टुंग्याउन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मन्त्रालयका अनुसार दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

भर्खरै