नेभिगेशन
समाज

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकले २०८३ असोज ८ गतेदेखि एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट चलनचल्तीमा ल्याएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ट/६० ०००००१ देखि ट/९२ ९९९९९९ सम्म रहेको छ।

Ncell
Extreme Energy

नयाँ नोटमा यसअघिको एक हजार रुपैयाँ दरको नोटभन्दा केही फरक सुरक्षा विशेषता र चित्रहरू राखिएका छन्।

नोटको अगाडिको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘1000’ अंकसमेत देखिन्छ।

त्यस्तै, नोटको अगाडिको बायाँतर्फ ‘1000’ को केही अंश देखिने ‘See Through Register’ राखिएको छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा उक्त अंक पूर्ण रूपमा देखिन्छ।

दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सहज होस् भनेर दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा पनि राखिएका छन्।

नोटको सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ। उक्त चित्रलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।

नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त चलायमान सुरक्षा धागोमा ‘NRB’ र ‘1000’ अंकित छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ लेखिएको छ।

पृष्ठ भागमा जुम्ल्याहा हात्तीको चित्र

नोटको पछाडिको मुख्य आकर्षण चितवनस्थित सरकारी हात्तीसारमा रहेका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र हो।

राष्ट्र बैंकका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेका हात्तीमध्ये देवकली नामक हात्तीबाट जन्मिएका राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र नोटको मध्य भागमा राखिएको छ। चित्रको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ।

पृष्ठ भागको बायाँतर्फ पनि ‘See Through Register’ राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा ‘1000’ अंक पूर्ण रूपमा देखिन्छ।

पानीछापको दायाँतर्फ नेपालको सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्।

नोटको बायाँतर्फ ‘RUPEES ONE THOUSAND’ लेखिएको छ। त्यही भागमा हनुमानढोकास्थित लोहोसांको अशोकस्तम्भ ऐतिहासिक महत्व बोकेको थाम (Pillar) को आकृति राखिएको छ।

नोटको तल्लो भागको बोर्डरमा ‘2025 A.D.’ लेखिएको छ।

सिरिज २०२५ को नोट ट/६० बाट सुरु

राष्ट्र बैंकले यसअघि २०७७ साउन ७ गतेदेखि एक हजार रुपैयाँ दरको सिरिज २०१९ बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। त्यसबेला संकेत नम्बर घ/५० ०००००१ देखि घ/५८ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याउने भनिएको थियो।

तर तीमध्ये घ/६६ ०००००१ देखि घ/४५ ४४०००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैले नयाँ सिरिज २०२५ को एक हजार रुपैयाँ दरको बैंकनोट संकेत नम्बर ट/६० ०००००१ बाट प्रारम्भ गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Notice-1000-Asoj-8-MERGED-C1.jpg-3-scaled-1790218819.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...

भर्खरै