नेभिगेशन
समाज

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण र वित्तीय अनियमितता कसुरमा पुर्पक्षका लागि थुनामा रहेका विवादित व्यवसायी तथा बिचौलिया दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भट्टका तर्फबाट उनका बुवा चतुर्भुज भट्टले बुधबार दर्ता गरेको रिटलाई सर्वोच्च प्रशासनले आज पेसीमा चढाएको हो । 

Marvel
Extreme Energy

प्रधानन्यायाधीश मनोज शर्मा चीन भ्रमणमा रहेका बेला भट्टको रिट न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा परेको छ । 

सम्पत्ति शुद्धीकरण र वित्तीय अनियमितता कसुरमा भट्ट अहिले पुर्पक्षका लागि थुनामा छन् । विशेष अदालतले भट्टलाई गत वैशाखमा थुनामा पठाएको थियो । 

भट्टमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज